TitoSatya Khabar
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ/वाणीज्य
  • कृषि
  • थप
    • शिक्षा
    • स्वास्थ्य
    • फोटो ग्यलरी
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result
स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार मनोज पटेललाई प्रदान गर्ने निर्णय | पत्रकार शर्मालाई फसाउने ठूलो षड्यन्त्र, प्रहरीको अनुसन्धान प्रभावित पार्न अपराधिक तत्व सकृय | समाजवादी प्रेस संगठन पर्साकाे बैठक स्मृति सभा गर्ने निर्णय सहित सम्पन्न  | पत्रकार छठु साहलाई दुर्ब्यवहार गर्ने प्रहरीमाथि कारवाहीकाे माग | नेकपा एस पर्सा जिल्ला कमिटीकाे तेस्राे पूर्ण बैठक सम्पन्न | | समाजवादी प्रेस संगठन पर्साकाे वनभाेज तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न | अदालतमा हारपछि तालाबन्दी गरेर मेयरमाथि प्रहार | नेपाल राष्ट्रिय आधारभूत विद्यालय सतवरीयाको नवगठित विद्यालय व्यवस्थापन समितिमा विवाद उत्पन्न भएको छ । | सागरा श्रमिक स्वावलम्बन उपभोक्त  सहकारी  संस्था प्रा. लि. को  साधारण  सभा  सम्पन्न  |

  • समाचार
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ/वाणीज्य
  • कृषि
  • थप
    • शिक्षा
    • स्वास्थ्य
    • फोटो ग्यलरी
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result

titosatyakhabar, satyakhabar, satya samachar, news portal of madhesh pradesh, Madhesh pradesh
No Result
View All Result

सरकार र राष्ट्रपतिले गरेको अक्षम्य गल्तीप्रति सर्वोच्चको डण्डा

रिगलको माफी मिनाहा बदर गर्न आदेश

तितो सत्य खबर तितो सत्य खबर
November 3, 2023
0
सरकार र राष्ट्रपतिले गरेको अक्षम्य गल्तीप्रति सर्वोच्चको डण्डा

काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको कैद मिनाहा दिने निर्णय बदर गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले बिहीबार यस्तो आदेश दिएको हो । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगललाई बाँकी कैद माफी दिने निर्णय त्रुटिपूर्ण भन्दै सर्वोच्चले सो आदेश बदर गरिदिएको थियो ।

आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद् र मन्त्रिपरिषद्को सिफारिसअनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै पत्नी भारती शेर्पाले गत असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सो रिटमा भारतीले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय दाङ, कारागार कार्यालय दाङ, महान्यायाधिवक्ताको कार्यालय र रिगललाई समेत विपक्षी बनाउनुभएको थियो ।

सो रिटलाई सर्वोच्चले प्राथमिकताका साथ हेरेको थियो । बुधबार सुनुवाइ सकेर बिहीबारका लागि निर्णय सुनाउने समय तोकेको थियो । सर्वोच्चले सो निर्णय अपराध पीडितको हकप्रतिकूल देखिएको भन्दै बदर गरिदिएको थियो । इजलासले रिगललाई तत्काल थुनामा पठाउन उत्प्रेषणको आदेशसमेत दिएको छ ।

‘प्रत्यर्थीमध्येका रिगल ढकाललाई कर्तव्य ज्यान मुद्दामा शुरू बाँके जिल्ला अदालत र उच्च जिल्ला अदालत तुलसीपुर, नेपालगञ्ज इजलासबाट हुने ठहर गरिएको जन्मकैदको सजायमध्ये भुक्तान गर्न बाँकी कैद सजाय कट्टा गर्ने (कम गर्ने÷छोट्याउने) गरी भएका कामकारबाही, सम्माननीय राष्ट्रपतिबाट भएको निर्णय र सोसम्बन्धी पत्राचारहरूसमेत उत्प्रेषणको आदेशले बदर हुने’ इजलासले जारी गरेको आदेशमा भनेको छ ।

सर्वोच्चको आदेशमा रिगललाई तत्काल पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैदमध्ये उनीबाट बाँकी सजाय असुल गर्न भनेको छ । ‘रिगललाई तकाल पक्राउ गरी उल्लेख भएबमोजिम कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैदमध्ये निजबाट असुलउपर हुन बाँकी देखिएको ११ वर्ष ११ महिना ५ दिन कैद निजलाई कारागारमा राखेर कानुनबमोजिम असुल गर्नू भनी प्रत्यर्थीहरूका नाममा परमादेश जारी हुने ठहर्छ’ –आदेशमा भनिएको छ ।

सर्वोच्चको आदेशमा कैद छुट दिँदा पीडितको सहमति अनिवार्य लिनुपर्ने भनिएको छ । फैसलामा पीडितको हक संरक्षित हुने गरी, सहमति तथा मञ्जुरीसमेत लिई पीडितलाई सामाजिक पुनःस्थापना र क्षतिपूर्तिसहितको न्याय प्राप्त भएको अवस्था सुनिश्चित गर्नुपर्ने उल्लेख छ ।
त्यस्तै, सर्वोच्चबाट विगतमा भएका आदेश, प्रतिपादित नजिरसहित कानुनमा उल्लेख भएका शर्तहरूको अनुुसरण गरेर सार्वजनिक हित, चासो र सरोकारका विषयसमेत विचार गरेर कैद छुट तथा मिनाहा गर्नुपर्ने सर्वोच्चको फैसला छ । ‘यसरी गरिने निर्णयमा वस्तुगत आधार र उचित कारण अभिव्यक्त रूपमा खुलाएर मात्र निर्णय गर्ने गर्नु भनी प्रत्यर्थीहरूको नाममा परमादेश जारी हुने ठहर्छ’ –फैसलामा भनिएको छ ।

‘अतः प्रत्यर्थीमध्येका रिगल ढकाललाई बाँके जिल्ला अदालत र उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासबाट भएको फैसलाअनुसारको जन्मकैद (अर्थात् बिस वर्ष कैद सजायमध्ये एघार वर्ष एघार महिना पाँच दिन (५९ दशमलव ६६ प्रतिशत) सजाय कट्टा वा कम गरी निजलाई कारागारबाट थुनामुक्त गर्ने सन्दर्भमा भएका प्रत्यर्थीहरूका कामकारबाही तथा सम्माननीय राष्ट्रपतिबाट २०८० साल असोज ३ गतेको संविधान दिवसको सन्दर्भ पारेर निज रिगललाई बाँकी कैद सजाय कम गर्ने वा कट्टा गर्ने गरी भएको निर्णयसमेत नेपालको संविधानको धारा २१ ले प्रदान गरेको अपराध पीडितको हकप्रतिकूल रहेको पाइयो’ –अदालतको आदेशमा भनिएको छ ।

‘प्रत्यर्थीहरूले यस अदालतबाट मुद्दाको रोहमा प्रतिपादित सिद्धान्त र दिइएको आदेशअनुकूल काम कारबाही गरेको नदेखिएकाले संविधानको धारा १२८ को उपधारा (४) प्रतिकूल काम कारबाही भएको समेत देखियो । यसका अतिरिक्त, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को उपदफा (५), फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ को त्रुटिपूर्ण रूपमा प्रयोग गरेको पाइयो । साथै, कारागार नियमावली, २०२० को नियम २९ मा रहेका प्रावधानहरूलाई यस अदालतबाट भएको व्याख्याअनुकूल हुनेगरी प्रयोग गरिएको देखिएन ।

तसर्थ नेपालको संविधानको धारा १३३ को उपधारा (५) र (३) बमोजिम रिट आदेश जारी गरिएको छ’ –अदालतको आदेशमा भनिएको छ । २०७२ साल असार २८ गते बाँकेको नेपालगन्ज–१६ को मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटेलअगाडि रिगलसहितको करिब १५ जनाको समूहले स्थानीय चेतन मानन्धरको हत्या गरेको थियो । मानन्धरको हत्या आरोपित रिगलले दुई महिनापछि बाँके जिल्ला अदालतमा गएर आत्मसमर्पण गरेका थिए । त्यसपछि उनी मुद्दाको किनारा नलाग्दासम्म पुर्पक्षका लागि जेलमा थिए ।

रिगललाई जिल्ला अदालत बाँकेले २०७६ वैशाख ११ गते दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । जिल्ला अदालतको फैसलामा उनी २०७२ भदौ ७ गते पक्राउ परेका कारण २०९२ साल भदौ ६ गतेसम्म जेलमा राख्नुपर्ने फैसला गरिएको थियो । सोही फैसलालाई उच्च अदालत तुल्सीपुरले पनि सदर गरेको थियो । ८ वर्ष कैद सजाय भोगिसकेका रिगललाई बाँकी कैद मिनाहा गरिएको थियो ।
तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले घटनामा संलग्नमध्ये रिगलकै समूहका सोहनसिंह ढकाललाई १० वर्ष जेल सजायको फैसला सुनाएका थिए । उनकै समूहका माधव नेपाली, विराज पाठक, हरि वली, मनिष चौलागाईं, प्रितम थापा, यमबहादुर बुढा मगर र केशवबहादुर रोकायालाई जनही तीन वर्षको काराबास सजाय तोकेको थियो । त्यस्तै, प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, विशाल भनिने छविलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्कासहित सबैलाई जन्मकैदको सजाय तोकेको थियो । तिनीहरूको मुद्दामा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।

रिगलको बाँकी कैद पनि भुक्तान गर्न पठाउन आदेश दिएपछि उक्त आदेश सुनेर चेतन मानन्धरकी श्रीमती भारती इजलासमै चिच्याएर रुनुभएको थियो । सरकारको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती १७ असोजदेखि अनशनसमेत बस्नुभएको थियो । दशैंका बेला स्थगित अनशन भारतीले फेरि शुरू गर्नुभएको थियो । त्यसपछि १३ कात्तिकमा अनशन स्थलमै भारती बेहोससमेत हुनुभएको थियो ।

सर्वोच्चद्वारा सञ्चार माध्यमलाई निर्देशनात्मक आदेश

यसै सन्दर्भमा सर्वोच्चले अदालतमा विचाराधीन मुद्दाबारे सर्वसाधारणमा अनावश्यक शंका, उपशंका र भ्रम पैदा हुने गरी समाचार प्रसारण तथा प्रकाशन नगर्न सञ्चारमाध्यमलाई निर्देशनात्मक आदेश जारी गरेको छ । ‘शंका उपशंका, भ्रम पैदा हुने गरी विभिन्न सञ्चार माध्यमहरूमा समाचार सम्प्रेषण हुने गरेको सिलसिला प्रस्तुत विवादका सन्दर्भमा पनि कायम रहेको देखिएको छ’, आदेशमा भनिएको छ– ‘यसबारे इजलासको ध्यानाकर्षण भएको पनि आदेशमा उल्लेख गरिएको छ ।

न्यायिक प्रक्रियामा रहेका विषयमा अनावश्यक र भ्रमपूर्ण सूचना जानकारीहरू प्रचारप्रसार गरिएका विषयलाई सन्दर्भमा कानुनी दायरामा ल्याउनुपर्ने अवस्थासमेत रहन सक्ने भनिएको छ ।’ त्यसैले, ‘विचाराधीन मुद्दाको विषयवस्तुलाई लिएर अन्य सूचनाको आधारमा समाचार प्रकाशन÷प्रसारण नगर्न, नगराउन र अदालतको न्यायिक प्रक्रियामा सहयोग सबै सञ्चार माध्यमलाई अनुरोध गर्नु भनी सर्वोच्च अदालत प्रशासनका नाममा निर्देशनात्मक आदेशसमेत जारी हुने,’ आदेशमा भनिएको छ ।

समातिए रिगल

सर्वोच्च अदालतको आदेशलगत्तै योगराज ढकाल (रिगल) समातिएका छन् । नेपालगञ्जको सेतुविक चोक नजिकबाट रिगललाई प्रहरीले नियन्त्रणमा लिएको हो । सर्वोच्च अदालतले आममाफीलाई उल्ट्याएपछि बाँके प्रहरीले रिगलको खोजी शुरू गरेको थियो । ठूलो संख्यामा प्रहरी आफ्नो घर आसपासमा देखेपछि रिगलले केही पत्रकारलाई बोलाएर आफू आत्मसमर्पण गर्न जिल्ला प्रहरी कार्यालय जान थालेको बताएका थिए । रिगलको घर सेतुविक चोकनजिकै देवाफूलबारीमा पर्छ ।

रिगलले सेतु विकचोकस्थित एक होटलको छतमा पत्रकारलाई अन्तरवार्ता दिइरहँदा तल बाटोमा ठूलो संख्यामा प्रहरीसहित भ्यान आइसकेको थियो । पत्रकारसँग छोटो कुराकानी गर्नेबित्तिकै प्रहरीले रिगललाई भ्यानमा हालेर लगेको थियो । रिगललाई जिल्ला प्रहरी कार्यालय लगिएको थियो । उनलाई कारागार पठाउने तयारी भएको छ ।

प्रहरीले नियन्त्रणमा लिनुअघि पत्रकारसँग छोटो कुराकानी गर्दै रिगलले अदालतको आदेशको उच्च सम्मान गर्दै आत्मसमर्पण गर्न जान थालेको बताएका थिए । उनले केही व्यक्तिले राजनीतिक चलखेल गरेर आफूलाई फसाएको टिप्पणी गरे । उनले आफू कैद कट्टा गरेर आएको र राजनीतिक प्रतिशोध र षड्यन्त्र गरेर फसाएको बताए । रिगलले यसअघि पनि अदालतमा आत्मसमर्पण गरेका थिए । चेतन हत्या घटनामा दश जनालाई दोषी ठह¥याइएको थियो । अरूलाई तीनदेखि दश वर्षसम्म सजाय सुनाइएको थियो । केही अभियुक्त अहिले पनि बाँके जिल्ला कारागारमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् !   


Related Posts

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार मनोज पटेललाई प्रदान गर्ने निर्णय
BannerNews

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार मनोज पटेललाई प्रदान गर्ने निर्णय

November 27, 2024
पत्रकार शर्मालाई फसाउने ठूलो षड्यन्त्र, प्रहरीको अनुसन्धान प्रभावित पार्न अपराधिक तत्व सकृय
BannerNews

पत्रकार शर्मालाई फसाउने ठूलो षड्यन्त्र, प्रहरीको अनुसन्धान प्रभावित पार्न अपराधिक तत्व सकृय

November 26, 2024
समाजवादी प्रेस संगठन पर्साकाे बैठक स्मृति सभा गर्ने निर्णय सहित सम्पन्न 
BannerNews

समाजवादी प्रेस संगठन पर्साकाे बैठक स्मृति सभा गर्ने निर्णय सहित सम्पन्न 

November 20, 2024
पत्रकार छठु साहलाई दुर्ब्यवहार गर्ने प्रहरीमाथि कारवाहीकाे माग
BannerNews

पत्रकार छठु साहलाई दुर्ब्यवहार गर्ने प्रहरीमाथि कारवाहीकाे माग

February 20, 2025
नेकपा एस पर्सा जिल्ला कमिटीकाे तेस्राे पूर्ण बैठक सम्पन्न
BannerNews

नेकपा एस पर्सा जिल्ला कमिटीकाे तेस्राे पूर्ण बैठक सम्पन्न

February 24, 2024
समाजवादी प्रेस संगठन पर्साकाे वनभाेज तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न
BannerNews

समाजवादी प्रेस संगठन पर्साकाे वनभाेज तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

February 24, 2024
Next Post
युएईमाथिकाे सानदार जितसँगै नेपाल टि–२० विश्वकपमा

युएईमाथिकाे सानदार जितसँगै नेपाल टि–२० विश्वकपमा

ताजा समाचार

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार मनोज पटेललाई प्रदान गर्ने निर्णय

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार मनोज पटेललाई प्रदान गर्ने निर्णय

November 27, 2024
पत्रकार शर्मालाई फसाउने ठूलो षड्यन्त्र, प्रहरीको अनुसन्धान प्रभावित पार्न अपराधिक तत्व सकृय

पत्रकार शर्मालाई फसाउने ठूलो षड्यन्त्र, प्रहरीको अनुसन्धान प्रभावित पार्न अपराधिक तत्व सकृय

November 26, 2024
समाजवादी प्रेस संगठन पर्साकाे बैठक स्मृति सभा गर्ने निर्णय सहित सम्पन्न 

समाजवादी प्रेस संगठन पर्साकाे बैठक स्मृति सभा गर्ने निर्णय सहित सम्पन्न 

November 20, 2024
पत्रकार छठु साहलाई दुर्ब्यवहार गर्ने प्रहरीमाथि कारवाहीकाे माग

पत्रकार छठु साहलाई दुर्ब्यवहार गर्ने प्रहरीमाथि कारवाहीकाे माग

February 20, 2025
नेकपा एस पर्सा जिल्ला कमिटीकाे तेस्राे पूर्ण बैठक सम्पन्न

नेकपा एस पर्सा जिल्ला कमिटीकाे तेस्राे पूर्ण बैठक सम्पन्न

February 24, 2024
समाजवादी प्रेस संगठन पर्साकाे वनभाेज तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

समाजवादी प्रेस संगठन पर्साकाे वनभाेज तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

February 24, 2024

छिपहरमाई मिडिया प्रा.लि. द्वारा संचालित
तितोसत्य खबर अनलाइन डटकम
ठेगाना : वीरगंज महानगरपालिका- १०, पर्सा
इमेल : [email protected]
वेबसाइट: titosatyakhabar.com

  • Developed by: PROTECH

© 2023 Tito Satya Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ/वाणीज्य
  • कृषि
  • थप
    • शिक्षा
    • स्वास्थ्य
    • फोटो ग्यलरी
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि

© 2023 Tito Satya Khabar